Madhyabindu News App
मुख्य खबर​

प्रधानमन्त्रीका निजी चिकित्सक डा.शाहलाई कोरोना संक्रमण

Madhyabindu Online

काठमाडौं – त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) की डिन डा. दिव्या सिंह शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक समेत रहेकी डा. शाहले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर परीक्षणका लागि शुक्रबार स्वाब दिएकी थिइन् ।

शनिबार उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । संक्रमण पुष्टि भएपछि आफू होम आइसोलेसनमा बसेको उनले बताइन् । हल्का थकाइ लागेको अनुभव भइरहेको र ज्वरो आएको उनले जानकारी दिईन ।

शाहका अनुसार उनले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छैनन् । तीन दिन अघि डा. गोविन्द केसीलाई भेटेको तर सामाजिक दूरी लगायत जनस्वास्थ्यका मापदण्ड पालना गरेको उनले जानकारी दिइन् ।

Tags

छुटाउनु भयो कि ?