Madhyabindu News App
मुख्य खबर​

नेपालगञ्ज मेडिकल कलेजमा एक कोरोना संक्रमितको मुत्यु

Madhyabindu Online

नेपालगञ्ज – कोरोना भाइरसको संक्रमणबाट बाँकेमा आइतबार थप एक जनाको मृत्यु भएको छ । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा नेपालगञ्ज उपमहागरपालिका–९ का ४७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उपचारका क्रममा ४७ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

भदौ ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि उनको पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भए लगत्तै अस्पताल भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनलाई प्लाज्मा थेरापी समेत दिइएको र उपचारका क्रममा ती पुरुषको मृत्यु भएको श्रेष्ठले बताए ।

Tags

छुटाउनु भयो कि ?