Madhyabindu News App
मुख्य खबर​

मन्त्रिपरिषद् बैठक सम्पन्न,सरकार फेरबदल हल्ला मात्रै

Madhyabindu Online फोटो :  फाइल फोटो

काठमाडौं – आइतबार मध्यान्ह प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद‍‍्को बैठक सकिएको छ । बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

साथै नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा. अन्जन शाक्यलाई अधिकार दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

आजको बैठकमा मन्त्रीमण्डल हेरफेर गर्नेबारे चर्चा चलेको भएपनि त्यसबारे मन्त्रिपरिषदमा कुनै प्रसंग नआएको श्रोतले बतायो । मन्त्रीमण्डल हेरफेर तथा थप गर्नेबारे पछिल्लो समय नेकपा दुई अध्यक्षबीच छलफल चलिरहेको छ । उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्र्याउनेबारे पनि चर्चा चलेको छ ।

Tags

छुटाउनु भयो कि ?