Madhyabindu News App
मुख्य खबर​

आइतबार थप १५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि

Madhyabindu Online फोटो :  CoVid Update

काठमाडौं – नेपालमा आइतबार थप १५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप एक हजार ५ सय ७३ जनामा संक्रमण देखिएको जानकारी दिए । मन्त्रालयका अनुसार नयाँ थपिएकासँगै नेपालमा संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।

काठमाडौँ उपत्यकामा मात्रै ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ८ सय ८५ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको कुल संख्या ५३ हजार ८ सय ९८ जना पुगेको छ  ।

मन्त्रालयका अनुसार हाल देशभर आइसोलेसनमा रहनेको संख्या १९ हजार १९ पुगेको छ भने क्वारेन्टिनमा ६ हजार २ सय ८१ जना रहेका छन् ।

Tags

छुटाउनु भयो कि ?