Madhyabindu News App
आर्थिक

आइतनबार नेप्सेमा ३ अर्ब बढीको कारोबार

Madhyabindu Online

काठमाडाैं – सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार धितोपत्र बजारमा ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ ।

धितोपत्र बजारमा आज ३ अर्ब १३ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बजार परिसूचक नेप्से आज ४ दशमलव २९ अंकले बढेर एक हजार ५ सय ६५ दशमलव ५५ बिन्दुमा पुगेको छ ।

नेप्सेमा सामान्य सुधार देखिएपनि कारोबार रकममा भने उल्लेखनीय सुधार देखिएको छ ।

नेप्सेमा आइतबार कारोबार भएका बैंकिङ्, होटल, विकास बैंक, वित्त र म्यूचल फण्ड बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक ओरालो लागेको छ । सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक ८३ दशमलव ५९ अंकले ओरालो लागेको छ ।

नेप्सेमा आज कुल १ सय ९१ कम्पनीका ४२ हजार १ सय ८ कारोबारबाट १ करोड ९९ लाख ७२ हजार ३ सय ११ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?