Madhyabindu News App
समाज

बसले स्कूटरलाई ठक्कर दिंदा बारामा ३ जनाकाे मृत्यु

Madhyabindu Online

बारा – बसले स्कूटरलाई ठक्कर दिँदा बारामा एकै परिवारका तीन जनाकाे मृत्यु भएकाे छ । बाराको जितपुर सिमरा-१ स्थित दुधौरा पुल नजिकै बसले स्कूटरलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हाे ।

दुर्घटनामा बाराको निजगढ नगरपालिका–१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र १ वर्षीय छोराको घटनास्थलमै मृत्यु भएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।

दुधौरा पुलबाट २०० मिटर पूर्वी सडकमा निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना.४.ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश न.२—०३—००४ प ४४४२ नम्बरको स्कूटरलाई आइतबार साँझ ठक्कर दिएको थियो ।

Tags

छुटाउनु भयो कि ?