Madhyabindu News App
स्थानीय तह

इन्द्रावतीमा पशु धन बिमा कार्यक्रम सुरु

Madhyabindu Online

सिन्धुपाल्चोक – इन्द्रावती गाँउपालीकाले व्यावसायीक कृषकहरुलाई प्रोत्साहीत गर्ने उदेश्यले पशु धन बिमा कार्यक्रम सुरु गरेको छ । गाँउपालीकाले बिमा ऐन २०४९ बमोजीम कारोबार गर्न इजाजत प्राप्त संस्था लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत गाँउपालीकाका पशु चौपायाहरुको बिमा गर्न लागेको हो ।

गाँउपालीका भित्र पशु धन बिमा गर्न इच्छुक पशुधनीहरुले गाँउपालीकाले पशुधन बिमा गर्न सम्झौता गरेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत पशु चौपायको बिमा गर्न सकिने गाँउपालीकाले जनाएको छ । यसरी बिमा गर्दा बिमाशुल्कमा अनुदानको व्यावस्था पछी हुन आउने ५० प्रतिशत रकम गाँउपालीकाले अनुदानको रुपमा उपलब्ध गराउने छ भने बाँकी ५० प्रतिशत भने सम्बन्धित पशुधनीले नै व्यहोर्नुपर्ने छ ।

पशु बिमा कार्यक्रमको लागी इन्द्रातवी गाँउपालीकाले चालु आर्थीक बर्ष २०७७/७८ मा १० लाख ५० हजार रुपैंया रकम विनियोजन गरेको छ । गाँउपालीका भित्र चालु आर्थीक बर्षमा करीव १५ सय वटा गाई, भैंसी लगाएतका ठुला पशुहरु र ३५ सय वटा बाख्रा लगाएतका साना पशु चौपायहरुको बिमा गर्न सकिने गाँउपालीकाले जनाएको छ ।

आइतबार विश्व पशु दिवसको अवसरमा गाँउपालीका अध्यक्ष बंशलाल तामाङको अध्यक्षतामा पालीकाको वडा नम्बर १२ मा भएको उद्घाटन कार्यक्रममा पशुपालक कृषकहरुले गाँउपालीकाले सुरु गरेको कामले पशुपालन कार्यमा थप हौसला थपेको बताएका छन् ।

इन्द्रावती गाँउपालीका कृषि उपज उत्पादनमा प्रचुर सम्भावना भएकाले बिमा कार्यक्रमले व्यावसायीक रुपमा कृषि कर्म गरीरहेका र पशुपालनमा रहेका किसानहरुलाई ढुक्क हुने वातावरण सृजना भएकाले कृषि तथा पशुपालनमा व्यावसायीकता ल्याई जिवनस्तर सुधार गर्दै लैजान मद्धत पुग्ने इन्द्रावती गाँउपालिका अध्यक्ष एवं गाँउपालीका राष्ट्रीय महासंघका महासचिव बंशलाल तामाङले बताए ।

 

Tags

छुटाउनु भयो कि ?