Madhyabindu News App
मनोरञ्जन

बलिउड अभिनेत्री रिया हिरासत मुक्त

Madhyabindu Online

काठमाडौं – लागूऔषध मुद्दामा हिरासतमा रहेकी बलिउड अभिनेत्र रिया चक्रवर्ती करीब एक महिनापछि हिरासत मुक्त भएकी छन् ।

बम्बई उच्च अदालतबाट जमानत पाएपछि रिया बुधबार साढे ५ बजे भायखला जेलबाट उनी रिहा भएकी हुन् । चक्रवर्तीलाई बुधबार मुम्बईको उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले सेप्टेम्बर ८ तारिखमा सुशान्तसिंह राजपुतलाई लागूऔषध दिने गरेको आरोपमा पक्राउ गरेको थियो । उनले एक लाख धरौटी र पासपोर्ट बुझाउन पर्नेछ । साथै मुम्बई बाहिर जान अदालतसँग अनुमतिसमेत लिनुपर्नेछ ।

यद्यपि यस निर्णयमा बम्बई उच्च अदालतले रियाका भाई शौविक चक्रवर्तीलाई जमानत दिएको छैन । रियासँगै सुशान्तका कर्मचारी शमूएल मिरन्दा र दीपेश सावन्तलाई पनि जमानत दिइएको छ । रियाको जमानत याचिकाको सुनुवाइ गर्दा बम्बई हाईकोर्टले शौविक चक्रवर्ती र आरोपित लागुपदार्थ कारोबारी अब्दुल बासित परिहारलाई जमानत प्रदान गरेको छैन ।

यस्तो लाग्छ कि शौक चक्रवर्तीले लागुपदार्थ खरिद गर्ने विषयमा बाहिर आएको कुराकानी अझै अनुसन्धान गरिरहेको छ, त्यसैले उनीहरुलाई जमानत नदिएको हुन सक्ने भारती सञ्चार माध्यमले जनाएका छन् । एनसीबीले रिया चक्रवर्तीको साथबाट कुनै औषधि बरामद गरेको छैन र उनको जमानत दाबी पनि यसै आधारमा कडा थियो ।

शोविक र स्यामुयललाई ब्युरोले सेप्टेम्बर ४ मै नियन्त्रणमा लिइएको थियो । जुन १४ गते अभिनेता सुशान्त मुम्बईस्थित आफ्नै फ्ल्याटमा मृत फेला परेका थिए । उनको पोस्टमार्टम रिपोर्टको अनुसार उनले आत्महत्या गरेको पुष्टि भएको थियो ।

Tags

छुटाउनु भयो कि ?