Madhyabindu News App
अन्तर्राष्ट्रिय

भारतका सीबीईका पूर्व निर्देशकले गरे आत्महत्या

Madhyabindu Online

काठमाडौं – भारतको केन्द्रीय जाँच ब्यूरो (सीबीआई) का पूर्व निर्देशक अश्वनी कुमारको मृत्यु भएको छ । कुमार शिमलास्थित आफ्नो निवासमा बुधबार मृत भेटिएका हुन् ।

भारतीय प्रहरीका अनुसार उनले आत्महत्या गरेका हुन् । बीबीसी हिन्दीका अनुसार घटनास्थल पुगेका हिमाचल प्रदेशका महानिर्देशक (डीजीपी ) संजय कुंडुले यो आत्महत्याको घटना भएको पुष्टि गरे ।

प्रहरीले घटनास्थलमा फेला पारेको सुसाइड नोटमा अश्विनी कुमारले ‘आफ्नो बिरामी र अशक्तताका कारण यो जीवनलाई समाप्त पार्दैछु, नयाँ जीवनतर्फ बढ्दैछु’ लेखेका छन् ।

डीजीपी संजय कुंडुका अनुसार अश्वानी कुमारले सुसाइड नोटमा उनको मृत्युको जिम्मेवार कसैलाई आरोप लगाएका छैनन् । परिवारका सदस्यका अनुसार अश्वानी कुमार आत्महत्या गर्नु अघि सामान्य थिए ।

कुमारका परिवारका अनुसार अश्विनी कुमार दिउँसो घुम्न निस्केका थिए । यसक्रममा उनी काली माताको मन्दिर पुगेका थिए भने साँझमा ध्यानसमेत गरेका थिए ।

साँझको समयमा बाहिर घुम्न निस्केका छोरा बुहारी फर्कदा भित्रबाट ढोका लगाइएको थियो । सो ढोका फोडेर भित्र पुग्दा उनी त्यहाँ पासो लगाएर झुण्डिरहेको अवस्थामा फेला परेका थिए । परिवारले उनको मृत्युमा कुनै पनि प्रकारको शंका नभएको बताएका छन् ।

सन् १९७३ मा प्रहरी सेवामा प्रवेश गरेका अश्विनी कुमार सन् २००८ देखि २०१० सम्म सीबीआईका निर्देशक थिए । त्यसपछि उनी मणिपुर र नागाल्याण्डको राज्यपाल बनेका थिए ।

Tags

छुटाउनु भयो कि ?