Madhyabindu News App
अन्तर्राष्ट्रिय

नयाँ रोजगार कानूनको विरोधमा हजारौं श्रमिकहरु सडकमा

Madhyabindu Online

काठमाडौं – इन्डोनेसिया सरकारले ल्याएको नयाँ रोजगार कानूनको विरोधमा हजारौं श्रमिकहरु सडकमा उत्रिएका छन् ।

यसै साता पारित गरिएको सो कानूनले श्रमिकको अधिकार सम्बोधन नगर्ने र पर्यावरणमैत्री नभएको भन्दै श्रमिकहरुले विरोध गरेको बीबीसीले उल्लेख गरेको छ । प्रहरीले ४ सय भन्दा बढी प्रदर्शनकारीलाई हिरासतमा लिएको छ ।

यद्यपी सरकारले भने कोभिड–१९ महामारीका कारण थलिएको अर्थव्यवस्था सुधार र उत्थानका लागि सो कानूनले मद्दत गर्ने दाबी गर्दै आएको छ ।

सरकारले गत सोमबार एक हजार पृष्ठ लामो रोजगार सम्बन्धि कानून पारित गरेको थियो । मौजुदा कानूनको ७९ वटा बु्ँदामा संशोधन गर्दै इन्डोनेसिन सरकारले ओभरटाइम, सार्वजनिक विदा, पेन्सन रकममा कटौती गरेको थियो ।

Tags

छुटाउनु भयो कि ?