Madhyabindu News App
अन्तर्राष्ट्रिय

डब्लूएफपीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार

Madhyabindu Online

काठमाडौँ – यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई प्रदान गरिने भएको छ ।

शुक्रबार ओस्लोमा आयोजित एक कार्यक्रमबीच स्विडिस एकेडेमीले सन् २०२० का लागि नोबेल शान्ति पुरस्कार डब्लूएफपीलाई दिने घोषणा गरेको हो ।

यस संस्थालाई विश्वव्यापी रूपमा भोकमरी परास्त गर्न गरेको प्रयास र द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि गरेको पहलका लागि २०२० को ुशान्ति पुरस्कारु प्रदान गरिएको नोबेल कमिटीले जनाएको छ ।

नोबेल समितिले भन्यो, ‘विश्व खाद्य कार्यक्रमले भोकलाई युद्ध र द्वन्द्वको हतियारको रूपमा प्रयोग गर्नबाट रोक्नको लागि अग्रसर भूमिका खेल्‍यो ।’ नोबेल पुरस्कार विजेताले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर पाउने छन् ।

विश्व खाद्य कार्यक्रमका प्रवक्ताले यो उनीहरुका लागि गर्वको समय भएको बताएका छन् । उनका अनुसार विश्वका विभिन्न ८८ देशमा वर्षेनी करीब ९ करोड ७० लाख मानिसको खाद्य सहयोग गर्दै आएका छन् ।

विश्वकै सबैभन्दा ठूलो मानवअधिकारवादी संस्थाका रुपमा रहेको डब्लूएफपीले सन् २०१९ मा ८८ देशका भोकसँग लडिरहेका करिब १० करोड मानिसलाई सहायता उपलब्ध गराएको थियो ।

गत वर्षको शान्ति नोबेल पुरस्कार इथियोपियाका प्रधानमन्त्री अबे अहमदलाई दिइएको थियो । अन्तर्राष्ट्रिय शान्ति र सहकार्यमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको हो ।

यस वर्षको पुरस्कारका लागि २११ व्यक्ति र १०७ संस्थाहरुलाई मनोनयन गरिएको थियो । तर नोबेल फाउण्डेशनको नियम अनुसार नामांकनका लागि मनोनित व्यक्तिहरूको सूची सार्वजनिक गरिएको छैन र संगठनले भनेको छ कि यो सबै अनुमान मात्र भन्न सकिन्छ ।

Tags

छुटाउनु भयो कि ?