Madhyabindu News App
अन्तर्राष्ट्रिय

तामाङ समाज दुबई क्षेत्रीय कार्यसमिति युएई द्वारा अनाथ वालवालिकालाई सहयोग

Madhyabindu Online फोटो :  खिलबहादुर/प्रताप सिंह

युएई – तामाङ समाज यूएईले नेपालमा रहेका अनाथ वालवालिकाको लागी आर्थिक सहयोग गरेको छ । तामाङ्ग समाज यूएई अन्तर्गतको दुबई क्षेत्रीय कार्यसमितिले काठमाण्डौंको फर्पिङस्थित ङारी कल्याण सेवा समाजद्वारा सञ्चालित वाल आश्रममा रहेका अनाथ वालवालिकाहरुको खानपान तथा शिक्षादिक्षामा सहयोग गर्ने उद्देश्यले रकम सहयोग गरेको दुबई क्षेत्रीय कार्यसमितिका अध्यक्ष प्रताप सिंह तामाङले जानकारी दिए ।

अध्यक्ष तामाङका अनुसार तामाङ समाज यूएईका केन्द्रिय सदस्य खिलबहादुर स्याङ्बोको विशेष पहलमा दुबइमा बसोबास गर्ने नेपाली तथा अन्य सहयोगी हातहरुबाट संकलन गरिएको एकमुष्ट रकम ५६ हजार ३ सय ६१ रुपैंया ङारी कल्याण सेवा समाजलाई उपलब्ध गराइएको हो ।

उक्त सहयोग रकम जुटाउने कार्यमा तामाङ समाज यूएईका केन्द्रिय सदस्य दावा छिरीङ लामा तथा दुबई क्षेत्रीय कार्यसमितिका सचिव निमा ग्याल्बो वाइबाको विशेष योगदान रहेको अध्यक्ष प्रताप सिंह तामाङले बताए ।

यस अघी पनि खिलबहादुर स्याङ्बो र प्रताप सिंह तामाङको पहलमा ङारी कल्याण सेवा समाज फर्पिङद्वारा सञ्चालित वाल आश्रममा रहेका अनाथ वालवालिका हरुको लागी आर्थिक सहयोग गरिएको थियो ।

 

Tags

छुटाउनु भयो कि ?