Madhyabindu News App
अन्तर्राष्ट्रिय

अमेरिकाका राष्ट्रपति ट्रम्प फ्लोरिडाको निर्वाचन र्‍यालीमा

Madhyabindu Online

काठमाडौं – केही समय अगाडि कोरोना भाइरस सङ्क्रमित भएका अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसयता पहिलो निर्वाचन र्‍याली सम्बोधन गरेका छन् । एकदिन अघि मात्रै उनका डाक्टरले उनका धेरैजसो परीक्षणहरू नकारात्मक भएको बताएका थिए ।

निकै फूर्तीका साथ सम्बोधन गर्दै उनले फ्लोरिडामा उपस्थित भिडलाई आफू उत्तम स्वास्थ्य अवस्थामा रहेको अनि ‘रोग प्रतिरोधी’ बनेको बताए ।

उनले प्रतिस्पर्धी जो बाइडनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको आरोप लगाए तथा सञ्चारमाध्यमलाई पनि पक्षपाती भएको बताए ।

स्यान्डफोर्ड नगरस्थित उक्त र्‍याली स्थलमा सामाजिक दूरी कायम गरिएको पाइएको छैन अनि कैयन् मानिसहरू विनामास्क उपस्थित छन् । आगामी चार दिनमा निर्वाचनका बेला कडा टक्कर हुने ठानिएका चार वटा राज्यमा उनले भ्रमण गर्ने छन् ।

सम्वाददाताहरूका अनुसार नोभेम्बर ३ को चुनाव जित्नका निम्ति फ्लोरिडामा विजयी हुन ट्रम्पको निम्ति अत्यावश्यक छ । उनका प्रतिस्पर्धी जो बाइडन भने ओहायो राज्यको भ्रमणमा छन् ।

Tags

छुटाउनु भयो कि ?