Madhyabindu News App
खेलकुद

दिल्ली क्यापिटल्स शीर्ष स्थानमा

Madhyabindu Online

एजेन्सी –  दिल्ली क्यापिटल्स युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति सम्पन्न आइपिएलको ३० औं खेलमा दिल्लीले राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै मुम्बई इन्डियन्सलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो ।

ओपनरद्वय जोस बटलर र बेन स्टोक्सले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरे । जोस बटलरले २२ रन बनाए । सन्ज स्यामसन १८ बलमा २५ रन बनाएर आउट भए । राहुल टेवाटिया १४ रनमा अविजित रहे ।

दिल्लीका लागि एन्रीच नोर्ट्जे र टुसार देशपाण्डेले २/२ विकेट लिए । यस्तै कागिसो राबडा, अक्षर पटेल र रविचन्द्र आश्विनले एक एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रन बनाएके थियो । दिल्लीलाई मध्यम योगफलमा पुर्याउन कप्तान श्रेयस ऐर र शिखर धवनले अर्धशतकीय इनिङ खेले ।

धवनले ३३ बलमा ६ चौका र २ छक्का सहित ५७ रनको महत्वपूर्ण योगदान दिए । ऐरले ४३ बलमा ३ चौका र २ छक्का सहित ५३ रनको योगदान दिए । राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए । जयदेव उनाकडले २ विकेट लिदा श्रेयस गोपाल र कार्तिक त्यागीले १/१ विकेट लिए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ । दिल्लीको यो छैटौं जित हो । पुछारबाट दोस्रो स्थानमा रहेको राजस्थानको भने यो पाँचौ हार हो । राजस्थानले ८ खेलमा ६ अंक जोडेको छ ।

Tags

छुटाउनु भयो कि ?