Madhyabindu News App
स्थानीय तह

अब हेलम्बु गाउँपालिकाका योजना सम्झौता सफ्टवेयर बाट

बाहिरका कामदार नल्याउने

Madhyabindu Online

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले गाउँपालिकामा सञ्चालन गरेका सबै योजनाहरुको सम्झौता सफ्टवेयर मार्फत गर्ने भएको छ । उपभोक्ताहरुको काम छिटो र छरितो गर्न यो आर्थिक वर्षदेखि सफ्टवेयर प्रक्रिया सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ ।

सफ्टवेयर मार्फत पालिकाले असोजको आधाआधीमै योजना सम्झौता गरिसेको छ । जसअनुसार पालिकाको ७ वटा वडामा २ सय १७ वटा योजना रहेकोमा २७ वटा सम्झौता भएर ७ वटा सम्पन्न नै भईसकेको प्रमुख प्रशासकीय अधिकृत भिमराज कोईरालाले जानकारी दिए । सम्झौता भईसकेका योजनाको काम पनि दशैंपछि तिव्रता पाउने उनले बताए । पालिकाको सबैभन्दा ठूलो गौरवको आयोजना हिमालयन ग्रेटट्रेल, बन्जीजम्पको लागि झोलङ्गे पुल लगाएत योजनाको समेत ठेक्का सम्झौता भईसकेको पालिकाले जनाएको छ ।

यसैबीच हेलम्बु गाउँपालिकाले आफ्नो पालिका भित्र गरिने योजनाको काममा पालिका बाहिरका कामदार नलगाउने रणनीति अपनाएको छ । बाहिरका कामदार ल्याउनु भन्दा रोजगारी तथा स्वास्थ्यको जोखिमका हिसाबले पालिका भित्रकै कामदार लगाउनु उपयुक्त हुने गाउँपालिका अध्यक्ष शेर्पाको भनाइ छ । ‘कोरोना संक्रमण हुने डर उत्तिकै भएकोले सकेसम्म बाहिरका कामदार नल्याउने योजना बनाएका हौं’, अध्यक्ष शेर्पाले भने । यहिँका जनताले रोजगारी पाउने सोचेर नै पालिका भित्रका कामदारलाई प्राथमिकता दिएको हो ।

अध्यक्ष शेर्पाका अनुसार कोरानाकै बीचमा पनि पालिकाको काम गत बर्षझैं चैत्र भित्रमा सकेर बैशाखमै भुक्तानी दिईसक्ने रणनीति पालिकाले लिएको छ । गत बर्ष पनि हेलम्बु गाउँपालिका निर्धारित समय अगावै काम सम्पन्न गरेवापत प्रदेश तथा संघिय सरकारबाट पुरस्कृत भएको थियो ।

Tags

छुटाउनु भयो कि ?