Madhyabindu News App
अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्पका १४ वर्षीय छोरा कोरोना संक्रमण मुक्त

Madhyabindu Online

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानियाले उनीहरूका १४ वर्षीय छोरा ब्यारन पनि कोरोनाको संक्रमणबाट मुक्त भएको बताएकी छन् ।

एउटा व्यक्तिगत विज्ञप्ति जारी गर्दै प्रथम महिला मेलानियाले ब्यारनमा पनि कोभिड-१९ देखिएपछि उनीहरूको मनमा रहेको त्रास सत्यमा परिणत भएको बताएकी हुन् ।

तर ब्यारन बलिया किशोर भएको र उनमा कुनै लक्षण नदेखिएको मेलानियाले बताइन् । राष्ट्रपति ट्रम्प तथा मेलानिया दुवैमा कोरोना भाइरस सङ्क्रमण भएको थियो ।

यसअघि अक्टुबर २ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र पत्नीलाई कोरोना पुष्टि भएको थियो । ह्वाइट हाउसका अन्य कर्मचारीमा पनि सङ्क्रमण पाइएको थियो ।

हाल उनीहरू सबैलाई ठीक भइसकेको छ। संक्रमण भएपछि ट्रम्प उपचारका लागि सैनिक अस्पताल बस्नुपरेको थियो । कोरोना मुक्त भएका ट्रम्पले बुधबार आयोवा राज्यको एक चुनावी अभियानमा जानुअघि पत्रकारहरूसँग आफ्ना कान्छा छोरा ठीक भएको बताएका थिए ।

Tags

छुटाउनु भयो कि ?