Madhyabindu News App
आर्थिक

नेप्सेमा बिहीबार सामान्य सुधार

Madhyabindu Online

काठमाडौं – गत आइतबारबाट लगातार ओरालो लागेको धितोपत्र बजारमा कारोबार हुने अन्तिम दिन भने सामान्य सुधार देखिएको छ ।

बजार परिसूचक नेप्से बिहीबार एक दशमलव २९ अंकले उकालो लागेर एक हजार ५ सय ६२ दशमलव ४६ बिन्दुमा पुगेको छ । नेप्सेमा सुधार देखिएपनि कारोबार रकममा भने अघिल्लो दिनको ७ करोड रुपैयाँले गिरावट आएको छ ।

हिजो ७ दशमलव ४२ अंकले ओरालो लागेको नेप्सेमा एक अर्ब ४९ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेमा आज कारोबार भएका बैंकिङ, व्यापार, जलविद्युत, म्यूचल फण्ड र अन्य बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक ओरालो लागेको छ ।

बैंकिङ १.९, व्यापार ३.१९, जलविद्युत् ७.१, अन्य ६.५५ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ । यस्तै होटल १५.८५, विकास बैंक ११.१, वित्त ०.३२, निर्जीबन बीमा २४.४२, उत्पादन २९.५५, लघुवित्त १.६, जीवन बीमा १६.८ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु सात करोड ४० लाख ८४ हजार २२३ बराबरको कारोबार भयो ।

यस्तै शिवम् सिमेन्ट रु छ करोड ८४ लाख ९१ हजार ५९७, अरुण भ्याली हाइड्रोपावर रु पाँच करोड ५५ लाख ४० हजार १९८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु पाँच करोड ४८ लाख ५७ हजार ३१२, मन्जुश्री फाइनान्स रु तीन करोड ७७ लाख ४३ हजार ७३९ र अरुण बोली पावर रु तीन करोड ५१ लाख ९९ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेमा आज कुल १ सय ९६ कम्पनीका २३ हजार ८९ कारोबारबाट ४९ लाख ९४ हजार ३ सय ६७ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, एक अर्ब ४२ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?