Madhyabindu News App
राजनीति

दशैंअघि नै उपप्रधानसहित रक्षामन्त्री बन्दै टोपबहादुर रायमाझी

Madhyabindu Online

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंअघि नै टोपबहादुर रायमाझीलाई उपप्रधान एवम् रक्षामन्त्री बनाउनेगरि तयारी थालेका छन् । प्रधानमन्त्री ओलीले हालै गरेको मन्त्रिपरिषद हेरफेरमा ईश्वर पोखरेलसँग खोसेर रक्षा मन्त्रालय आफैंसँग राखेका छन् । पार्टीमा संकटमा परेको बेला आफूलाई साथ दिएका नेताहरुलाई छानी छानी अवसर दिने क्रममा ओलीको नजरमा यसपटक रायमाझी परेको श्रोतले बतायो ।

श्रोतका अनुसार अब रक्षा मन्त्रालयको नेतृत्वमा प्रधानमन्त्री ओलीले पूर्व माओवादी खेमाका नेता टोपबहादुर रायमाझीलाई ल्याउने तयारी गरेका छन् । यसको लागि ओलीले आफूनिकट नेताहरुसँग शनिबार विहान परामर्श गरेका थिए । उक्त छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको पनि सहभागिता थियो ।

विगतमा अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेतद्धय माधव कुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, वामदेव गौतमले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग राखेर मोर्चाबन्दी गरिरहेका बेला नेता रायमाझीले ओलीलाई साथ दिएका थिए । अहिले प्रम ओली यहि गुण तिर्ने अभियानमा रहेको नेकपा श्रोत

Tags

छुटाउनु भयो कि ?