Madhyabindu News App
मुख्य खबर​

शनिबार थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि

Madhyabindu Online

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

शनिबार मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा १७४६ जना सहित मुलुकभर ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार शनिबार काठमाडौंमा १ हजार ४ स ५१, ललितपुरमा १ सय ५२ र भक्तपुरमा १ सय ४३ जनालाई कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ८०० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १२ लाख ६९ हजार ६०५ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १५ हजार ५३१ पीसीआर परीक्षण गरिएकोमा थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७१५ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ७२७ पुगेको मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि ?