Madhyabindu News App
अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डको चुनावमा प्रधानमन्त्री आर्डर्नलाई ऐतिहासिक जित

Madhyabindu Online

काठमाडौं – न्यूजिल्याण्डका प्रधानमन्त्री जसिन्डा आर्डर्नको पार्टीले शनिबार सम्पन्न आम चुनावमा ठूलो जीत हासिल गरेको छ । अधिकांश मतहरू गणना भइसक्दा उनको दल लेबर पार्टीले ४९ प्रतिशत मत प्राप्त गरेको छ ।

योसँगै उनले संसद्‌मा विरल बहुमत हासिल गर्ने अपेक्षा गरिएको छ । विपक्षी मध्य दक्षिणपन्थी नेश्नल पार्टीले २७ प्रतिशत मत पाएको छ । उसले चुनावमा पराजय स्वीकारिसकेको छ ।

यो चुनाव एक महिना अघि सेप्टेम्बरका लागि तय गरिएको थियो । तर कोभिड१९ को महामारीको कारण पछि धकेलिएको थियो । बीबीसीका अनुसार मतदान स्थानीय समय बिहान ९ बजे सुरु भएर साँझ सात बजे समाप्त भएको थियो ।

निर्वाचन आयोगका अनुसार लेबर पार्टीले ४९ प्रतिशत, न्याश्नल पार्टीले २७ प्रतिशत, एक्ट न्यूजील्यान्ड र ग्रीन पार्टीजले ८ प्रतिशत मत पाएका छन् । “न्यूजील्यान्डले करिब ५० वर्षमा लेबर पार्टीप्रति सबैभन्दा ठूलो समर्थन जनाएको छ,”जितपछि समर्थकहरूलाई आर्डर्नले भनिन् ।

“सधैँ यस्तै हुनेछ भन्ने हिसाबले हामी अगाडि बढ्नेछैनौँ । म प्रतिबद्धता जनाउन चाहन्छु कि हामी यस्तो पार्टीको रूपमा अघि बढ्नेछौँ जसले न्यूजील्यान्डका हरेक बासिन्दाका लागि शासन गर्नेछ ।”

नेश्नल पार्टीकी नेत्री जुडिथ कोलिन्सले आर्डर्नलाई बधाई दिएकी छन् र आफ्नो दल “जीवन्त प्रतिपक्षी” बन्ने प्रतिबद्धता जनाएकी छन् ।

Tags

छुटाउनु भयो कि ?