Madhyabindu News App
मुख्य खबर​

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

Madhyabindu Online

भक्तपुर – होम आइसोलेसनमा बसेका भक्तपुरका एक संक्रमितको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–७ इनाचोका ६९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण शनिबार मृत्यु भएको हो ।

असोज २८ गते डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा गरिएको परीक्षणमा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनी होम आइसोलेसनमा बसेका थिए ।

दम तथा निमोनियाका बिरामी ६९ वर्षीय ती पुरुषको शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय, भक्तपुरले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?