खेलकुद

चेन्नई सुपर किङ्स ५ विकेटले पराजित

Madhyabindu Online


A A- A+

एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । सारजाहमा शनिबार भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानाम उक्लिएको हो ।

जितका लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९.५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । दिल्लीलाई जितको लागि अन्तिम ओभरमा १७ रन चाहिएको थियो ।

दिल्लीका ओपनर शिखर धवन ५८ बलमा १४ चौका र १ छक्का सहित १ सय १ रनमा अविजित रहे । दिल्लीका ओपनर पृथ्वी शा पहिलो ओभरको दोस्रो बलमै शून्यमा आउट भएका थिए ।

यस्तै, मार्कुस स्टोनिसले २४ रन जोड्दा कप्तान श्रेयस एयरले २३ रन बनाए । अक्षर पटेल २१ रनमा अविजित रहे । चेन्नईका दिपक चाहरले २ विकेट लिए । साम करण, सार्दुल ठाकुर र ड्वेन ब्राभोले १/१ विकेट लिए ।

यसअघि शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७९ रन बनाएको थियो ।अम्बाती रायुडु २५ बलमा १ चौका र ४ छक्का सहित ४५ रनमा अविजित रहे ।

चेन्नईका लागि फाप डु प्लेसिसले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अम्बाती रायडुले अविजित ४५ रन जोड्दा सेन वाट्सनले ३६ रन बनाए । रबिन्द्र जडेजा ३३ रनमा अविजित रहे । दिल्लीका एनरिच नोर्टजेले २ विकेट लिए । तुषार देशपाण्डे र कागिसो राबडाको नाममा एक एक विकेट रह्यो ।

यो जितसँगै दिल्ली ९ खेलमा ७ मा जित र २ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ । मुम्बई ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । बेंगलोर ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । कोलकाता ८ खेलमा ४ मा जित र ४ मा हार सहित चौथो स्थानमा छ ।

सनराइजर्स हैदराबाद ८ खेलमा ५ मा हार र ३ मा जित सहित पाँचौ स्थानमा छ । चेन्नई सुपर किंग्स ९ खेलमा ६ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । राजस्थान ९ खेलमा ६ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ८ खेलमा ६ मा हार र २ मा जित सहित पुछारमा छ ।

छुटाउनु भयो कि ?