Madhyabindu News App
आर्थिक

अर्थ मन्त्री पौडेल र अमेरिकी राजदूत र्‍याण्डीबीच भेटवार्ता

Madhyabindu Online

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकाका राजदूत र्‍याण्डी बेरीबीच बुधबार सिंहदरवारमा भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक पुनरुत्थानमा हुने सहयोग लगायत विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

राजदूत बेरीसँगको भेटमा अर्थमन्त्री पौडेलले नेपाल र अमेरिकाबीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको विकासमा निरन्तर गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

राजदूत बेरीले अमेरिकाले नेपाललाई दिने सहयोगलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?