Madhyabindu News App
आर्थिक

महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी

Madhyabindu Online

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्षका लागि उम्मेदावारी दर्ता गराएका छन् ।

महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित प्यानलका सबै उपाध्यक्षका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराएका हुन् ।

महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैतमा हुनुपर्ने महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो ।

महासंघको चुनावका लागि उम्मेदवारले आजबाट मंसिर ४ गतेसम्म मनोनयन पत्र दाखिला गर्न सक्ने छन् । मनोनयन दाखिला इमेलबाटै गर्न सकिने र त्यसको सक्कल कागजागत मंसिर ४ गतेभित्र महासंघमा बुझाइसक्नुपर्ने व्यवस्था गरिएको महासंघले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?