Madhyabindu News App
मुख्य खबर​

सेतीमा अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

Madhyabindu Online

(धनगढी) – सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

डोटीको केआईसिंह गाउँपालिका–४ का ५० वर्षीय पुरुषको उपचारको क्रममा बुधबार दिउँसो ४ बजे मृत्यु भएको हो ।

रगतमा संक्रमणको समस्या देखिएपछि उनलाई कार्तिक ३ गते सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

मंगलबार मात्र उनमा कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वासको समस्या समेत बढेपछि मंगलबार नै भेन्टिलेटरमा राखिएका उनको उपचारको क्रममा दिउँसो मृत्यु भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप सिंह श्रेष्ठले जानकारी दिए ।

यो सँगै सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको सख्या ८ पुगेको छ ।

Tags

छुटाउनु भयो कि ?