कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन, केन्द्रलाई हस्तक्षेप नगर्न ध्यानाकर्षण

‘चुपचाप बदलियो’को म्युजिक भिडियो सार्वजनिक
काठमाडौं – दशैँको कोशेली स्वरूप गायक नितिन गजुरेलले आफ्नो नयाँ गजल गीत ुचुपचाप बदलियोुको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
प्रेमिल शैलीको यस गजल गीतमा स्वर , शब्द र संगीत स्वयम् गायक नितिन गजुरेलको रहेको छ। यस गीतलाई भुपेन्द्र रायमाझीले संगीत संयोजन गरेका हुन् ।
सन् ८० को दशकको झझल्को म्युजिक भिडियोमा कलाकार श्रृष्टी खड्का र जीवन भट्टराई फिचर्ड छन् । काठमाण्डौको राम मन्दिरमा छायांकन भएको भिडियोलाई उत्सव दहालले खिचेका हुन् भने बिष्णु खड्काले सम्पादन गरेका हुन् ।
जया शर्माको कन्सेप्ट रहेको भिडियोलाई चर्चित भिडियो निर्देशक सुब्रत राज आचार्यको निर्देशन तयार पारिएको हो ।
मोफसलमा रहेर नेपाली र मैथली गीत संगीत मार्फत आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक गजुरेलका यसअघि अनुपम रंगु, दिलके डायरी, आँखाले हेर्यौं, झुक्याएरै किन होला, आकाशका ताराु लगायत दर्जनौ गीतहरु सार्वजनिक गरिसकेका छन् ।
ओस एस आर डिजिटल मार्फत सार्वजनिक यस भिडियोलाई माया गरिदिन गायक गजुरेलले सम्पूर्ण दर्शक , स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन् ।