भिडियो

‘जुनमा हेरूँ तिमीलाई’ को म्युजिक भिडियो सार्वजनिक

Madhyabindu Online


A A- A+

काठमाडौं – वरिष्ठ गायक इन्द्रजित मिजारको स्वरमा आबद्द जुनमा हेरूँ तिमीलाईको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको गीतमा शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका भुटानी नेपाली गीतकार गोपाल लोहारको रहको छ । गीतमा संगीत वरिष्ठ संगीतकार सुरेश अधिकारीको रहेको छ । यस गीतलाई चन्द सिंहले संगीत संयोजन गरेका हुन् ।

चलचित्र देउतामा समावेश “अब यो बाटो मेरो हो” बोलको गीत पश्चात २७ वर्षपछि गायक मिजारको स्वरमा रहेको गीतमा महानायक राजेश हमाल अभिनयले गरेका छन् । नायक हमालको साथमा भिडियोमा आज्ञा खतिवडा र दिलिप केसी फिचर्ड छन् ।

समी श्रेष्ठले कोरियोग्राफी गरेको यस भिडियोलाई श्याम तामाङले छायांकन गरेका हुन्। विकाश दहालले भिडियो सम्पादन गरेका हुन् । श्याम लामा र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो । गीतकार लोहारको अफिसिएल च्यानल गोलो प्रोडक्शन मार्फत भिडियो सार्वजनिक भएको हो ।

पुरानो पुस्ता र नयाँ पुस्ताका लोकप्रिय कलाकारहरुका आवाजमा उत्कृष्ठ गीतहरु सार्वजनिक गर्दै आएका गीतकार लोहारका यसअघि थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन् । आगामी दिनहरुमा अझै स्तरिय गीत संगीत प्रस्तुत गर्दै जाने उनले बताएका छन् ।

छुटाउनु भयो कि ?