समाज

दशैंमा घर पुगेका कांग्रेस प्रवक्ता शर्मा श्रमदानमा ब्यस्त

Madhyabindu Online


A A- A+

झापा – नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा दशैंको लागी घर गएका बेला बाढी पिडितको घर बनाउन ब्यस्त भएका छन् । गएको असारमा कनकाई नदीमा आएको बाढीले घर बगाएर घरबार बिहीन बनेकी झापा शिवसताक्षीकी तारा शेर्माका लागि मेची अभियानले घर निर्माण गरिदिँदै छ। उक्त घर निर्माणका लागि नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकास शर्मासँगै झापाका युवाहरूले शुक्रबार श्रमदान गरेका छन्।

युवाहरूले शौचालयको ढलाई र पर्खाल लगाउने काम गरेका थिए। ‘हामी परिवारसँग मिठो मसिनो खाएर रमाउँछौ। नहुनेका लागि केही हुनेले सहयोग गरेर चाड पर्वमा सबै खुशी हुन पाउनुपर्छ।’ प्रवक्ता शर्माले भने, ‘बाढीले बेसाहारा बनेकी शेर्माको न छानो रह्यो न मानो, त्यसैले दसैँका लागि केही खाद्य सामाग्रीसँगै घर निर्माणमा सहयोग पुगोस् भन्नका लागि श्रमदान गर्न आएका हौँ।

मेची अभियानका संयोजक विजय डालमियाले तिहारसम्ममा घर तयारी गरेर हस्तान्तरण गरिने बताए। बन्दै गरेको घर अहिले घरको भुईं ढलान हुने क्रममा रहेको छ।
शिवसताक्षी नगरपालिकाका वडा नम्बर १० माइधारमा रहेको शेर्माको घर असार २४ गते राति कनकाई नदीमा  आएको बाढीले बगाएको थियो।

छुटाउनु भयो कि ?