Madhyabindu News App
राजनीति

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

Madhyabindu Online

काठमाडौं – नेपाली कांग्रेसले यस वर्षको कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम नगर्ने जनाएको छ ।

हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिँदै आएको शुभकामना आदान–प्रदान तथा चियापान समारोह कोरोना महामारीका कारण नहुने भएको हो ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले कोभिड–१९ को महामारीका कारण यो वर्ष कात्तिक १४ गते आयोजना गर्दै आएको शुभकामना आदान–प्रदान तथा चियापान समारोह नगरिने जानकारी दिए ।

वि.सं. २०३३ सालमा वीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्दै आएको थियो ।

तर यस वर्ष विश्वव्यापी रुपमा फैलिएको कोभिड(१९ संक्रमण महामारीका कारण यस वर्षको कात्तिक १४ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने मुख्यसचिव पौडेलले जानकारी दिए ।

Tags

छुटाउनु भयो कि ?