Madhyabindu News App
मुख्य खबर​

पछिल्लो २४ घण्टामा थप २ हजार ८५६ जनामा कोरोना पुष्टि

Madhyabindu Online

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा १७८९ जना पुरुष र १०६७ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ६ सय २९ महिला र ९ सय ६ जना पुरुष गरी १ हजार ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ हजार २ सय २५ जना, भक्तपुरमा १ सय ६३ जना र ललितपुरमा १ सय ४७ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ४५ हजार ५ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं जिल्लामा १२२५, मोरङमा २५७, भक्तपुरमा १६३ र ललितपुरमा १४७, चितवनमा १३४, सुनसरीमा १२९, झापामा ११४ र नवलपरासी पूर्व १०६ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै दाङमा ८४, मकवानपुरमा ६८, नुवाकोटमा ६०, कैलालीमा ५६, तनहुँमा २९, धादिङमा २७, रुपन्देहीमा २५ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार बागलुङमा २४, बाँकेमा २२ जना, सप्तरीमा १८, धनुषामा १३, उदयपुरमा १२, कञ्चनपुरमा ११, महोत्तरी, सिराहा र रसुवामा १०/१० जना, संखुवासभामा ९, इलाम र अछाममा ८/८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, धनकुटा, काभ्रे, गोरखा र लमजुङमा ६/६ जना, दैलेखमा ५ जना, सर्लाही, काभ्रेपलाञ्चोक, स्याङ्जा र कपिलवस्तुमा ४/४ जना, भोजपुर, रौतहट, बर्दिया र सल्यानमा ३/३ जनामा संक्रमण पुष्टि भएको छ ।

दोलखा, सिन्धुली, म्याग्दी, अर्घाखाँची, पाल्पा र रोल्पामा २र२ जना र सोलुखुम्बु, बारा, रामेछाप, पर्वत, गुल्मी, रुकुम पूर्व, रुकुम पश्चिम र दार्चुलामा १र१ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ३६ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या १ लाख ८ हजार ३ सय ३४ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८ सय ४७ पुगेको छ । मन्त्रालयका अनुसार आइसोलेसनमा रहने संक्रमितको संख्या ४५ हजार ५ सय ७२ रहेको छ ।

हालसम्म पीसीआर विधिबाट १३ लाख ९३ हजार १ सय ७३ परीक्षणहरु गरिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?