Madhyabindu News App
मनोरञ्जन

कंगनाको फिल्म ‘तेजस’ को तयारी सुरु

Madhyabindu Online


A A- A+

काठमाडौं – बलिउड क्वीन अभिनेत्री कंगना रनौतले आफ्नो फिल्म ’तेजस’ को निर्माणको तयारी शुरु गरिसकेकी छन् ।

अभिनेत्री रनौतले सोमबार एक भिडियो पनि ट्वीट मार्फत सेयर गरेकी छन् । ट्वीटमा सेयर गरिएको उक्त भिडियोमा कंगना निर्देशक सर्वेश मेवाडा र विंग कमाण्डर अभिजित गोखलेसँग एक कार्यशालामा भाग लिइरहेकी छिन् ।

उनले भिडियो सेयर गर्दै क्याप्शनमा लेखिन्, ‘टीम तेजसले आज कार्यशाला सुरु गरिसकेको छ । सुपर प्रतिभाशाली निर्देशक सर्वेश मेवाडा र हाम्रो कोच विंग कमाण्डर अभिजित गोखलेसँग काम गर्न पाउँदा निकै खुशी लाग्यो ।’

अभिनेत्री रनौतले भर्खर यस फिल्मको पोस्टर पनि सेयर गेकी थिईन् । फिल्ममा बलिउड क्वीन रनौतलाई लडाँकु विमान उडाउँदै गरेको अभिनयमा देख्न सकिन्छ ।

छुटाउनु भयो कि ?