Madhyabindu News App
स्थानीय तह

पर्यटकको आकर्षक गन्तव्य बन्दै हेलम्बुको पाकेडाँडा भ्यू प्वाइन्ट

Madhyabindu Online तस्बिर-हेलम्बु गाउँपालिका

सिन्धुपाल्चोक – प्राकृतिक सुन्दरताले भरिपुर्ण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा विभिन्न पर्यटकिय क्षेत्रहरु चर्चामा छन् । यसैक्रममा पछिल्लो समय हेलम्बु गाउँपालिका वडा नं ६ मा रहेको पाकेडाँडा भ्यू प्वाइन्ट पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।

हेलम्बु गाउँपालिका वडा नं ६ मा रहेको पाकेडाँडा भिउ पोइन्टबाट ३६० कोणमा सुन्दर हिमश्रृंखलाहरुका साथसाथै सगरमाथाको चुचुरो देख्न सकिने र यस स्थानबाट सुन्दर उपत्यकाहरु र अन्य मुख्य पर्यटकीय स्थलहरु पनि देख्न सकिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार हेलम्बुको कुटुम्साङ – मांगेनगोठ – ठाडेपाटी हुदै जाने ट्रेकिङ रुटबाट यस स्थानमा पुग्न सकिन्छ ।

यसरी पुग्न सकिन्छ हेलम्बुको पाकेडाँडा –

१. काठमाडौैबाट कुटूम्साङसम्म ४ घण्टाको मोटरयात्रा । कुटुम्साङबाट मांगेनगोठ हुदै पाकेडाँडासम्म २ घण्टाको पैदलयात्रा ।
२. सुन्दरीजल – चिसापानी – गोल्फुभन्ज्याङ – कुटुम्साङ – मांगेनगोठ – पाकेडाँडा ट्रेकिङ रुटबाट २ दिन
३. काठमाडौैबाट हेलम्बु ग्रेट ट्रेल, घोप्टेघ्याङसम्म ४ घण्टाको मोटरयात्रा । घोप्टेघ्याङबाट पाकेडाँडासम्म ३ घण्टाको पैदलयात्रा ।

खाने बस्ने व्यवस्था –

१. मांगेनगोठमा सुविधा सम्पन्न होटल/लजको व्यवस्था ।

अन्य आकर्षणहरु –

१. सुन्दरीजल – चिसापानी – हेलम्बु – गोसाइकुण्ड पदमार्गमा पर्ने
२. हेलम्बु ग्रेट ट्रेल र हेलम्बु मोडल विद्यालय, घोप्टेघ्याङ
३. कुटुम्साङ गाउँको मौलिक रहनसहन र सँस्कृति
४. ठाडेपाटी भिउ पोइन्ट
५. रेडपान्डा , डाँफे, घोरल, झराल, कस्तुरी लगायतका जीवजन्तु प्राकृतिक अवस्थामा देख्न सकिने
६. चौरीगोठहरु

 

फोटो – हेलम्बु गाउँपालिका

Tags

छुटाउनु भयो कि ?