Madhyabindu News App
विचार-ब्लग

रामनगर को कालो चिया र देशमा  बेथिति

Madhyabindu Online

ध्रुव पाण्डे –
२०७६ माघ १३गते (27,Dec.2019.)का दिन ३ महिनाको लागि म अमेरिका प्रस्थान गरेँ । तीन महिनापछी आफ्नो देश फर्कने मेरो रिटर्न टिकट थियो,तर december महिनाको अन्त्यमा चिनमा सुरुभएको कोरोना भाइरस february को अन्त्यमा अमेरिकामा पहिलो चरणमा देखा पर्यो । कोरोना भाइरस ले माहामारी को रुपलिँदा समेत अमेरिका को सबै राज्यमा अन्तरास्ट्रिय उडान बन्द थिएन।

तर नेपाल सरकार ले march महिना तिर पुरै लकडाउन घोषणा गर्यो । अन्तर्राष्ट्रिय उडान बन्दभयो,पुरैदेश ठप्पभयो । नागरिकहरु आआफ्नो घरमा बन्दी अवस्थामा रहन बाध्य भए । अमेरिकामा April/may/june/july.महिनामा कोभिडको कारण मृत्यु हुनेको संख्या संसारकै उच्च गतिमा वृद्धि भयो । मेरो नेपाल फर्कने मिति सेडुयल अनुसार हुन नसकेपछि पर्खनु सिवाय मसङ्ग अर्को बिकल्प थिएन। क्रमशः छ महिना बितेपछी मेरो कतार एयरलाइन्स को हवाइ टिकट सो एयरलाइन्सलेनै अर्कोमिति तय गरिदियो। june को 7तारिकमा मेरो उडान मिति निश्चित भयो । तर नेपालमा अन्तर्राष्ट्रिय हवाइ उडान बन्द रहेकोले सो मितिमा उडान हुनसकेन र june को अन्तमा अर्को मिति july 15..मा तय भयो।

उक्त मितिमा पनि उडान भएन र फेरि मेरो अर्को मिति अगष्ट 17 को लागि तय भयो। august 15 बाट नियमित अन्तरास्ट्रिय उडान खुल्ने भन्ने चर्चा चल्न थालेको थियो तर नियमित उडान भएन। फेरि september 17देखि नेपालको नियमित अन्तर्राष्ट्रिय उडान सुचारू गर्ने भन्ने नेपाल सरकारको मन्त्रीपरिषदले निर्णय गर्यो। तैपनी अन्तर्राष्ट्रिय उडान भएन।अन्ततः नियमित अन्तर्राष्ट्रिय उडान नभैसके पछि september 22मा महङ्गो शुल्क तिरेर (Turkish airlines)को टिकट लिन बाध्य भएँ । टिकटको ब्ल्याक शुल्क थियो 1550.US.$अर्थात नेपाली रुपैयाँ १८२०००।(एकलाख बयासी हजार)।

अन्तर्राष्ट्रिय उडान हुनुभन्दा ७२ घन्टा अगाडि कोभिडको pCR.रिपोर्ट नेगेटिभ भएको देखाउनुपर्ने र मेरो फ्लाइट पटकपटक रद्ध भएका कारण मैले तीन तीन पटक PCR. जाँच गर्नुपर्यो। जस्को एकपटकको शुल्क थियो US.$150.(नेपाली रुपैयाँ १८०००.)तिनपटक को ५४०००.रुपैयाँ तिर्नुपर्यो। फेरि मेरो ६ महिनाको भिसा को म्याद सकिएकोले सकिनुभन्दा एकहप्ता अगाडिनै ३ महिनाको लागि भिसाको म्याद थपगर्न अनुरोध गरेँ । उक्त म्याद थप गर्दा लाग्ने शुल्क थियो अमेरिकी डलर 500$.(नेपाली रुपैयाँ 59000.) अन्तर्राष्ट्रिय उडान खुलेको नेपाल सरकारको निर्णय हुँदाहुदै किन नियमित उडान गरिएन ? यो सबै सि.एम.सि सहित सम्बन्धित मन्त्रालयका जिम्मेवार मन्त्रीहरुको कमिसनको खेल र आफ्ना निकटका ट्राभल एजेन्सिहरुलाई रातारात धन आर्जन गर्नुपर्ने अबैध उदेश्य थियो, त्यसै गरियो। एयरलाइन्स सङ्ग भित्री मिलेमतो गरि नागरिक लाई बढी शुल्क तिर्न बाध्य गराइयो।

गैरजिम्मेवार ओलि सरकारले नेपाली नागरिक लाई दुख पीडा दिने रगत पसिना चुस्ने काम कोभिड भाइरस सुरुवात हुनुभन्दा पहिला देखि नै गरेको हो जुन हालसम्म जारी छ। यो त भयो पर्यटन क्षेत्र अन्तर्गत हवाइ उडानको कथा ब्यथा।

जब म अमेरिका बाट नेपाल फर्किएँ,१४.दिन Home isolation मा बसेर त्यसको साता दिन पछि आश्विन महिनाको मध्य तिर आफ्नो कामको शिलशिलामा हेटौंडा ,नारायणगढ तिर गएँ। काम सकिएपछी काठमाडौ घर फर्कने क्रममा चितवनको राम नगर मा गाडी रोकियो।मैले पनी कालो चिया र सानो बिस्कुट खाने निधो गरें। किराना पसलमा रु.१०. खुद्रा मूल्य पर्ने त्यो बिस्कुट र कालो चिया मगाएर खाएँ । ३० मिलि लिटरको सानो कपमा कालो चिया खाइसकेपछि दोकानको साहुजिलाई सोधें पैसा कति भयो? साहुजी ले भन्नू भो ६५.रुपैयाँ । मैले प्रती प्रश्न गरें ,के तपाईलाइ पनी ओलि सरकारले बढी शुल्क लिनु भनेको छ ? तर ती साहुजि ना जवाफ भए र रातो अनुहार लगाए। म आफ्नो बाटो लागें। यो थियो बजारमा हुनेगरेको चिया पसलको कथा।

अर्को सार्बजनिक यातायात चढ्दा सामाजिक दुरि कायम गरि ५०%अतिरिक्त शुल्क लिएर यात्रु चढाउने नेपाल सरकारको निर्णय हुँदाहुदै गाडिका ड्राइभर र उनका सहयोगी ले खचाखच यात्रु राखेकै हुन्छ। यो जोखिम र मारमा नेपाली नागरिक सार्बजनिक यातायातमा यात्रा गर्न विवस छन। यसको न कतै निगरानी हुन्छ न कतै अनुगमन न त कार्वाही नै। सरकार थाहा नपाए झैं गर्छ,लुट्नेले लुटिरहेका छन,गरिब र निमुखा भोक र गरिबिले छटपटाइरहेका छन,यतिबेला हाम्रो देश कहालीलाग्दो र दर्दनाक अवस्थमा गुज्रिएको छ।

बजारमा तरकारी तथा खाध्यान्न को भाउ आकासिएको छ। यसको नियन्त्रण छैन। सरकार लाई झकझक्याउनु पर्ने बुद्धिजीवी हरु बोल्दैनन। तैंचुप मैचुप छन। प्रतिपक्षी दलको पनि मौन समर्थन जस्तो देखिएको छ।नारा जुलुस र बिरोधसभा गर्ने अवस्था छैन। संचार माध्यम पनि खुलेर बोल्दैनन्। जुनसुकै क्षेत्रमा पनि कमिसन र घुस बिना केही काम बन्दैन। अलि टाठाबाठा सरकार निकटका माथिल्लो ओहदामा बसेकाको मात्र छिटोछरितो काम हुने गरेको छ। सामान्य नागरिकले दुख र झमेला झेल्नु परेको छ। केन्द्रिय सरकार देखि तल्लो निकाय सम्म यहि प्रवृत्तिबाट देश चलेको छ। हाम्रो समाज,हाम्रो देशले यहि दुर्दशा भोगिरहेको छ।

सरकार राष्ट्र र नागरिकका लागि भन्दा पनि कम्युनिस्टको एउटा गुटको लागी मात्र भएकोछ। बिना सरकार जस्तै देश चलेको छ। यसको अर्थ राष्ट्र असफल भएको छ।असफल राष्ट्र भनेको देश सरकारको नियन्त्रणमा चलेको छैन।वा राष्ट्रको विधि बिधान ,नियम कानुन ले काम गरेको छैन।नागरिक बिपत्तिमा पर्दा राज्यको गहन दायित्व हुनुपर्नेमा राज्य पन्छिएको छ। सरकारले नै पीडित नागरिकको आलो घाउमा झन नुनचुक छर्किएको छ। सरकार आफू खान दिन सक्दैन,भोका पेट भएका गरिब लाई खुलामञ्चमा खाना नबाँड्नु भन्छ। लोकतन्त्रमा लोकतान्त्रिक सरकार वा राज्य सदैव राष्ट्र र नागरिक प्रती उत्तरदायी हुनुपर्दछ। सरकार पनि देशको नियम कानुन को परिधिभित्र रहेर चल्नु पर्दछ। मनोमानी ढङ्गले चल्न पाउँदैन। स्वएच्छाचारिता देखाउन पाउँदैन। नागरिक प्रती पुर्ण प्रतिबद्ध र जवाफदेही हुनुपर्दछ।

बाँच्नको लागि खान पाउनु पर्दछ।वा कुनैपनी नागरिक बेसहारा,असहाय भएमा त्यसको समाधान राज्यले गर्नुपर्छ। तर नागरिक एकछाक खानको लागि सडकमा भौंतारिइरहेका छन।ओलि कम्युनिस्ट सरकार को आँखाले देख्दैन। देखेर पनि किमकर्तब्य बिमुढ छ। श्रोत साधन को अभाव भएको हाम्रो जस्तो गरिब मुलुक मा झन झन भ्रष्टाचार ,आर्थिक अनियमितता र अपारदर्शी ब्यबस्थापन छ । नागरिक भोक र रोग ले आक्रान्त छन्। दक्षिण एसियामा रहेको संसार कै प्राकृतिक सौन्दर्यताले भरिपुर्ण हाम्रो देश राजनैतिक ,सामाजिक ,आर्थिक अवस्था लाजमर्दो भएको छ। ओलि कम्युनिस्ट सरकारका कारण नेपाल र नेपालीको शिर निहुरिएको छ। कोभिड माहामारिका कारण नेपाली नागरिक भोक र रोगले दिनानुदिन प्रताडित हुँदै गएका छन। ओलि सरकार निरीह र निकम्मा भएको छ। तस्कर र माफियाको श्रोतनै ओलि सरकार बनेको छ।

सरकार स्वयं भ्रष्टाचार र अनैतिक कार्यमा संलग्न भएका तथ्यहरु सतहमा छताछुल्ल भएको छ।तैपनि आफ्ना भ्रष्ट र अनैतिक आसेपासे लाई काखी च्यापेर प्रधानमन्त्री ओलि मैले सहि काम गरेको छु भन्न रुचाउँछन् । मैले दस कक्षा मा स्कुलमा अध्ययन गर्दा सत्य शन्देश भन्ने शिर्षक को कविता पढेको थिएं ,जसमा आफू कालो छ भने चम्किएको मोति पनि कालो देख्छ।दिन को सुर्यको उज्यालो र रातको चन्द्रमा को उज्यालो पनि अंध्यारो र कालो देख्छ। सिंहासन मा बसेर ओलि कम्युनिस्ट सरकार जनता सम्पन्न र देश समृद्धि भएको देखेको छ। गान्धारीले झैं आंखामा पट्टि बांधेर उनका अन्धभक्त हरुले माहारानी संसार सर्बत्र ठिक छ भनेर पट्टि बाँधेकि गान्धारी लाई गलत सल्लाह दिन्थे त्यसैगरी ओलि का आसेपासे हरुले पनि यहि गलत सल्लाह दिएका छन वा ओलि आफै बुझेर पनि बुझ पचाएका छन।ओलि सरकार मस्त चिर निन्द्रामा छ।

Tags

छुटाउनु भयो कि ?