
‘ए मेरो हजुर ३’ युटुबमा रिलिज
काठमाडौं – नेपाली चलचित्र ‘ए मेरो हजुर ३’ युटुबमा रिलिज भएको छ । चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापा र कलाकार सलोन बस्नेतको मुख्य भूमिका छ ।
झरना थापाको निर्देशनमा तयार भएको यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यो चलचित्रमा नायक अनमोल केसी सुपरस्टार गायकको भूमिकामा देखिएका छन् । यस्तै, नायिका सुहाना थापालाई भने उनको फ्यानको भूमिकामा देखाइएको छ ।
ब्यवसायिक रुपमा सफल तथा डेव्यु चलचित्रमा नै सुहानाको अभिनयले प्रशंसा पाएको थियो । निर्माता सुनिलकुमार थापा यही समूह लिएर यतिबेला ‘ए मेरो हजुर ४’ पनि निर्माण गरिरहेका छन् ।
सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।
पूरा भिडिओ हेर्नुहोस् :