Madhyabindu News App
मनोरञ्जन

यो वर्षको मिस नेपाल प्रतियोगितामा २१ जना युवतीबीच प्रतिस्पर्धा हुने

Madhyabindu Online

काठमाडौँ — विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अन्योल बनेको मिस नेपाल प्रतियोगिता अन्तत: हुने भएको छ ।

यो वर्षको नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । हिडन ट्रेजर मिस नेपाल-२०२० ले मंगलबार राजधानीमा एक समारोहबीच ती प्रतिस्पर्धीहरु बारे सञ्चारकर्मीलाई जानकारी दिएको हो ।

आयोजक संस्था हिडेन ट्रेजरले नेपाल सरकारको मापदण्ड अनुरूप सुरक्षाविधि अपनाएर प्रतियोगिता थालनी गरिएको जानकारी दिएको छ ।

यस पटकको प्रतियोगिताका लागि काठमाडौंबाहिर पोखरा, चितवन र भैरहवासहित आठ सहरमा अडिसन लिइएको थियो । प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुनेछ ।

सीमित अतिथिबीच फिनाले सोही होटलमा हुनेछ, जसको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्नेछ । यस वर्ष देशभरका १ सय ५० युवतीहरू प्रतियोगिताका लागि प्रत्यक्ष सहभागी भएका थिए, जसमध्ये १८ देखि २६ उमेर समूहका २१ जना अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका हुन् ।

Tags

छुटाउनु भयो कि ?