Madhyabindu News App
अन्तर्राष्ट्रिय

बिहार चुनाव : राष्ट्रिय जनता दल ७५ सिटसहित सबैभन्दा ठूलो पार्टी

Madhyabindu Online

काठमाडौं – भारतको बिहार राज्यमा भएको विधानसभा निर्वाचनमा तेजस्वी यादवको नेतृत्वमा रहेको राष्ट्रिय जनता दल ७५ सिटसहित सबैभन्दा ठूलो पार्टी बनेको छ । तेजस्वी विहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा हुन् ।

दोस्रोमा ७४ सिट सहित केन्द्रीय सत्तामा रहेको बीजेपी छ भने मुख्यमन्त्री नितिशकुमारको जनता दल युनाइटेड जेडियुले मात्र ४३ सिट जितेको छ ।

तर, बीजेपी र जेडियुसहितको वर्तमान सत्ताधारी राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन एनडिएले १२५ सिट सहित सामान्य बहुमत भने पाएको छ । कङ्ग्रेसको प्रदर्शन पहिलेभन्दा पनि खस्किएको देखिएको छ ।

२४३ सदस्यीय बिहार विधान सभामा तेजस्वी यादव नेतृत्वको कङ्ग्रेससहितको महागठबन्धनलाई ११० सिट प्राप्त भएको छ ।

बिहारको वर्तमान सत्ता गठबन्धनमा यतिञ्जेल मुख्य भूमिकामा रहेका मुख्यमन्त्री नितिशकुमारलाई भने यो परिणाम सुखद रहेन ।

Tags

छुटाउनु भयो कि ?