Madhyabindu News App
अन्तर्राष्ट्रिय

ट्रम्पले लज्जास्पद व्यवहार देखाए : बाइडेन

Madhyabindu Online

काठमाडौं – चुनावी हार नस्वीकारेर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले लज्जास्पद व्यवहार देखाएको अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले बताएका छन् ।

मतपरिणाम आफ्नो पक्षमा परिसकेकाले शासनसत्ता संचालनका लागि आफुलाई कसैले रोक्न नसक्ने बाइडेनले बताएका हुन् । निर्वाचनमा पराजय हुने विभिन्न अड्बाजीकाबीच समेत राष्ट्रपति ट्रम्पले आफूले जितेरै छाड्ने भन्दै ट्वीट गरेका थिए । चुनावी नतिजा बाइडेनका पक्षमा परिसके पनि केही राज्यमा हुलाकी मतपत्र गणना गर्ने क्रम जारी छ ।

यसैबीच बाइडेनले कार्यालय सञ्चालन तयारी स्वरुप विभिन्न विदेशी नेतासँग टेलिफोन वार्ता सुरु भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, फ्रान्स राष्ट्रपति इम्यानुयल म्याक्रोन, जर्मन चान्सलर एगेन्ला मर्केल लगायत नेतासँग बाइडेनले टेलिफोन वार्ता गरेका हुन् । टेलिफोन वार्तामा क्रममा बाइडेनले अमेरिकालाई पहिलेकै स्थानमा पुर्‍याउन आफुले पहल गर्ने बताएको बीबीसीले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?