Madhyabindu News App
अन्तर्राष्ट्रिय

हङकङका लोकतन्त्रवादी सांसदले दिए सामूहिक राजीनामा

Madhyabindu Online

काठमाडौं – हङकङका लोकतन्त्रवादी सबै सांसदले सामूहिक राजीनामा दिएका छन् । आफ्ना चार जना सहकर्मीलाई अयोग्य ठहर्‍याउँदै बर्खास्त गरिएको विरोधमा उनीहरुले राजीनामा दिएको बीबीसीले उल्लेख गरेको छ ।

चीनको संसदबाट अदालती प्रक्रियाबिनै सांसदहरुलाई बर्खास्त गर्न सक्ने कार्यकारी अधिकार सहितको विधेयक पारित भएसँगै हङकङका ४ जना विपक्षी सांसदलाई अयोग्य ठहर्‍याइएको हो । स्वतन्त्रताको समर्थन गर्ने कथित चार जना सांसद एल्भिन यिङ, डेनिस खोक, खोक काकी र केन्नेथ लिङ बर्खास्तीमा परेका हुन् ।

सन् १९९७ मा हङकङ चीनमा गाभिएपछि सामूहिक राजीनामा दिईएको यो पहिलो पटक हो । हङकङका मुख्य कार्यकारी क्यारी लाम बेइजिङ समर्थक मानिन्छन् । सो कदमलाई हङकङको स्वतन्त्रतामा प्रतिबन्ध लगाउने चीनको नवीनतम प्रयासका रुपमा चित्रण गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?