Madhyabindu News App
अन्तर्राष्ट्रिय

इरानसँग अन्तर्राष्ट्रिय सम्झौता भन्दा १२ गुणा बढी युरेनियम

Madhyabindu Online

काठमाडौं – इरानसँग अन्तर्राष्ट्रिय सम्झौताले अनुमति प्रदान गरेको भन्दा १२ गुणा बढी समृद्ध युरेनियम रहेको खुलासा भएको छ । इरानसँग हाल २ हजार ४ सय ४२ दशमलव ९ किलो युरेनियम भण्डारण रहेको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले जनाएको छ ।

सन् २०१५ मा शक्ति राष्ट्रबीच भएको सहमतिमा इरानले ३ सय किलो समृद्ध युरेनियम मात्र उत्पादन गर्न पाउने उल्लेख छ । सो युरेनियम केका लागि प्रयोग भइरहेको छ भन्नेबारे भने एजेन्सीले उल्लेख गरेको छैन ।

इरानको आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय समुदायले सदैव संशय व्यक्त गर्दै आएको छ । इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्रै भएको दाबी गर्दै आएको छ ।

एजेन्सीले युरेनियम भण्डारण सम्बन्धमा इरानको स्पष्टीकरण विश्वसनीय नभएको समेत बताएको छ । यसबारे थप अनुसन्धान भइरहेको एजेन्सीका इरान दूत घरिब अबादीले बताए ।

Tags

छुटाउनु भयो कि ?