Madhyabindu News App
अन्तर्राष्ट्रिय

टाइग्रेका स्थानीय विद्रोही समूहद्वारा छिमेकी राज्यमा रकेट प्रहार

Madhyabindu Online

एजेन्सी – इथियोपियाको सरकारले उत्तरी राज्य टाइग्रेका स्थानीय विद्रोही समूहले छिमेकी राज्यमा रकेट प्रहार गरेको आरोप लगाएको छ । सरकारसँग उनीहरुको द्वन्द बढ्दै गएको छ ।

रकेट प्रहार गर्दा विमानस्थल क्षेत्र क्षतिग्रस्त भएको इथियोपियाली सरकारलाई उद्यृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

इथियोपियाली सरकारको आपतकालिन कार्य बलले सो रकेट अमराह राज्यको बहिर दर र गोंडर शहरस्थित विमानस्थलमा प्रहार भएको पुष्टि गरेको छ । दुबै विमानस्थल सुरक्षा बल र नागरिकले प्रयोग गर्दै आएका थिए ।

रकेट प्रहारपछि इथियोपियाको उत्तरी राज्यमा मात्र सीमित विद्रोह अन्य भागमा पनि फैलन सक्ने डर पैदा भएको छ । यसअघि उत्तरी राज्यमा सयौंको संख्यामा सर्वसाधारणको नरसंहार भएको घटना सार्वजनिक भएको थियो ।

पछिल्लो समय सरकारी सुरक्षा फौज र टाइग्रे समूहबीच इथियोपियामा लामो समयदेखि जारी तनावले उग्र रुप लिएको छ ।

Tags

छुटाउनु भयो कि ?