Madhyabindu News App
अन्तर्राष्ट्रिय

बिहारको मुख्यमन्त्रीमा नितिशकुमारको चौथो सपथ

Madhyabindu Online

भारत – भारतिय जनतादल युनाइटेडका नेता नितिश कुमारले लगातार चौथोपटक बिहारको मुख्यमन्त्रीको सपथ ग्रहण गरेका छन् । कोभिड महामारीका बीच पटनामा आयोजित समारोहमा नितिश कुमारले सोमबार सपथ लिएका हुन् ।

सपथ लगत्तै उनले दुईजना उपमुख्यमन्त्री सहितको १४ सदस्यीय मन्त्रीमण्डल पनि गठन गरेका छन् । उनको मन्त्रीमण्डलमा भाजपाका नेता तारकिशोर प्रसाद र रेनु देवी छन् । पूर्वमुख्यमन्त्री जितनराम माझीका छोरा सन्तोषकुमार सुमनले पनि मन्त्रीको सपथ लिएका छन् । सपथ ग्रहण समारोहमा भाजपा नेता केन्द्रीय गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष जेपी नड्डा पनि उपस्थित थिए ।

महामारीकै बीच भएको निर्वाचनमा जेडी (यु) र भाजपाको गठबन्धनले बहुमत पाएको हो । बिहार विधानसभामा सबभन्दा ठूलो दल बनेको राष्ट्रिय जनता दलका नेता तेजश्वी यादव भने सपथ ग्रहणमा अनुपस्थित थिए । उनले निर्वाचनमा धाँधली गरिएको आरोप लगाउँदै जनताले आफ्नो गठबन्धनलाई मत दिएको भए पनि चुनाव आयोगले बिजेपी गठबन्धनलाई विजयी घोषणा गरेको भन्दै पत्रकार सम्मेलन गरी असन्तुष्टि पोखेका थिए ।

Tags

छुटाउनु भयो कि ?