Madhyabindu News App
कला-साहित्य

’कल्प-ग्रन्थ’को प्रिमियम संस्करणको अग्रिम बुकिङ खुल्ला

Madhyabindu Online

काठमाडौं – साहित्य लेखनमा सधैँ नयाँ प्रयोग गर्दै आइरहेका फिक्सन डिजाइनर कुमार नगरकोटीको नयाँ कथा सङ्ग्रह ’कल्प-ग्रन्थ’ को प्रिमियम संस्करण प्रकाशन हुने भएको छ । ६३ वटा विभिन्न बान्की र शैलीका कथा समेटिएको सो पुस्तक ७७७ पृष्ठको रहेको प्रकाशक बुक-हिलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“पुस्तकमा कन्सेप्चुअल, ग्रे, पोस्टकार्ड, इन्स्टलेसन, स्कृन प्ले, ट्रान्सक्रिय टेड, टाइपोग्राफिक लगायत कथाहरू रहेका छन् । नेपाली साहित्यमा नगरकोटीको यो किताब उच्चतम प्रयोग हो । “बुक हिलका अध्यक्ष भूपेन्द्र खड्का भन्छन्, “पश्चिमा मुलुकहरूमा विशेष लेखकहरूका किताब विशेष तरिकाले प्रकाशन हुन्छन्, हामीले पनि लेखनमा सधैँ प्रयोग गर्दै आइरहेका नगरकोटीको यो किताबलाई विशेष तरिकाले प्रकाशन गर्न लागेका हौँ ।”

’एसिडफ्री’ कागजमा छापिने किताब हार्ड कभरमा बक्स सहित उपलब्ध हुनेछ । एउटा बुक-मार्क, केही विशेष पोस्टकार्ड र झोला किताब सहित प्रत्येक ग्राहकले हात पार्ने छन् । साथै, हरेक ग्राहकले नगरकोटीको अटोग्राफ सहित किताब प्राप्त गर्नेछन् । आज देखि प्रि-अर्डर खुल्ला गरिएको किताब खरिद गर्न आगामी फागुन १ गते सम्म अगृम बुकिङ गर्न सकिनेछ ।

पुस्तकको मूल्य रु.२०२१ नेपाल इन्भेस्टमेन्ट बैंक, बुक–हिल पब्लिकेसन, पुल्चोक शाखाको खाता नं.००४०१०१०२५८३६४ वा इसेवा ९८५१०३२४८६ मा जम्मा गर्न सकिनेछ । विज्ञप्तिमा भनिएको छ, “यो पुस्तक जति ग्राहकले प्रि-अर्डर गर्छन्, त्यति’ प्रति’ मात्र छापिनेछ । देश वा विदेशका कुनै पनि पुस्तक पसलमा यो पुस्तक उपलब्ध हुने छैन । कुनै विक्रेताले बेच्न चाहेमा यो योजनामा सहभागी हुनुपर्नेछ ।”

प्रि–बुकिङ गरेका ग्राहकका पुस्तक नेपाल भित्र निःशुल्क र नेपाल बाहिर ढुवानी शुल्क सहित डेलिभरी गरिनेछ । प्रि–बुकिङ गरेका ग्राहक पुस्तक विमोचन समारोहमा सहभागी हुन सक्नेछन् । पुनः मुद्रण र प्रकाशन नहुने यो पुस्तक आगामी चैत १४ गते शनिबार लोकार्पण गरिनेछ ।

’कल्प-ग्रन्थ’ प्रिमियम संस्करण विवरण
कुमार नगरकोटीको नयाँ किताब ‘कल्प–ग्रन्थ ६३ वटा विविध आयाम र प्रयोगका कथाको ‘प्रिमियम संस्करण’ हो । पृष्ठ ७७७ । वजन १.५ केजी । हार्ड–ब्याक । बक्स । झोला । बुक–मार्क । पोस्टकार्ड । साइज : १५२ २३२ एम. एम. मूल्य ने.रु. २०२१ ।
प्रि–बुकिङका नियमहरू :
१. प्रत्येक ग्राहकले पुस्तकको अंकित मूल्य रु. २०२१ नेपाल इन्भेस्टमेन्ट बैंक, बुक–हिल पब्लिकेसनको पुल्चोक शाखाको खाता नं. ००४०१०१०२५८३६४ मा वा इसेवा ९८५१०३२४८६ मा जम्मा गर्नुपर्नेछ ।
२. यो योजना २०७७ मङ्सिर १ गतेदेखि फागुन १ गतेसम्म लागू हुनेछ ।
३. यो पुस्तक देशका कुनै पनि पुस्तक पसलमा उपलब्ध हुने छैन । कुनै वितरकले बेच्न चाहेमा यो योजनामा सहभागी हुनुपर्नेछ ।
४. प्रि–बुकिङ गरेका ग्राहकका पुस्तक नेपाल भित्र निःशुल्क र नेपाल बाहिर ढुवानी शुल्क सहित डेलिभरी गरिनेछ ।
५. हरेक ग्राहक–कपीमा लेखक कुमार नगरकोटीको हस्ताक्षर हुनेछ ।
६. हरेक ग्राहकलाई पुस्तक विमोचन समारोहमा निमन्त्रणा गरिनेछ ।
७. पुस्तक २०७७ साल चैत १४ गते शनिबार सार्वजनिक गरिनेछ ।

Tags

छुटाउनु भयो कि ?