Madhyabindu News App
अन्तर्राष्ट्रिय

भारतमा माक्स प्रयोग नगर्नेलाई दुई हजार जरिवाना

Madhyabindu Online

काठमाडौं – भारतको दिल्लीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि थप कडाइ गर्दै माक्सको प्रयोग अनिवार्य गरिएको छ ।

मुख्यमन्त्री अरविन्द केजरिवालले माक्सको प्रयोग नगर्नेलाई दुई हजार रुपैयाँ जरिवाना लिने घोषणा गरेका हुन् । यसअघि दिल्लीमा मास्क नलगाउने व्यक्तिलाई पाँच सय रुपैयाँ जरिवाना तोकिएको थियो ।

विवाहका लागि दिइएको छुट फिर्ता लिएसँगै अब दिल्लीमा मास्क नलगाउने व्यक्तिमाथि पनि कारबाही गरिने भएको हो । मुख्यमन्त्री केजरीवालले बिहीबार सर्वदलीय बैठकका क्रममा यसबारे छलफल गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसका साथै केजरीवालले विपक्षी दलहरुसँग कोरोनाको समयमा राजनीति नगर्न र दिल्लीवासीलाई घरमै बसेर छठ पर्व मनाउन समेत आग्रह गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?