Madhyabindu News App
अन्तर्राष्ट्रिय

गेब्रियससमाथि टीपीएलएफको पक्षमा पैरवी र समर्थन गरेको आरोप

Madhyabindu Online

काठमाडौं – इथियोपियाका सेना प्रमुख बहानु जुलाले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रियससले संघीय सेनासँग संर्घषरत टिग्रे पिपल्स लिबरेशन फ्रन्ट (टीपीएलएफ) को पक्षमा पैरवी र समर्थन गरेको आरोप लगाएका छन् ।

सेना प्रमुख जुलाले डब्ल्यूएचओका प्रमुख टेड्रोसले टीपीएलएफलाई मद्दत गर्न कुनै कसर नछोडेको आरोप लगाएको बीबीसीले उल्लेख गरेको छ ।

गेब्रियसस् अघिल्लो इथियोपियाको सरकारमा स्वास्थ्य मन्त्री थिए । जसको नेतृत्व टीपीएलएफले गरेको थियो । डब्ल्यूएचओले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

इथियोपियाका प्रधानमन्त्री अबी अहमदले भने देशमा शान्ति र सुव्यवस्था पुर्नस्थापना गर्न टीपीएलएफ विरूद्ध सैन्य अभियान अपरिहार्य रहेको बताएका छन् ।

Tags

छुटाउनु भयो कि ?