Madhyabindu News App
खेलकुद

नेपालगन्ज म्याराथनको तयारी पूरा

Madhyabindu Online

बाँके – छैटौं धारा नेपालगन्ज म्याराथनको तयारी पूरा भएको छ । आयोजक क्रियटिभ ह्याण्ड्सले आज पत्रकार सम्मेलन गरी म्यारथनको सबै तयारी पूरा भएको र भाग लिने स्टार धावकहरुका बारेमा जानकारी गराएको हो ।

म्याराथनमा १३ औं सागका स्वर्ण पदक विजेताद्वय किरणसिंह बोगटी र गोपीचन्द्र पार्कीसहित २० भन्दा बढीले प्रतिस्पर्धा गर्ने भएका छन् । सागमा किरणले म्याराथन र गोपीले ५ हजार मिटरमा स्वर्ण पदक जितेका थिए ।

कोरोना महामारीका कारण आठ महिनायता नेपाली खेलकुद ठप्प छ । यसबीचमा मुलुकभित्र हुन लागेको यो पहिलो म्याराथन हो । कोरानाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएपछि विगतको भन्दा म्याराथनमा समावेश हुने इभेन्ट पनि घटाइएको छ ।

पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरिएको आयोजकले जनाएको छ ।

यसपटक म्यराथनका विजेताले ७५, दोस्रोले ३० हजार, तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोले १०, पाँचौंले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाा पाउनेछन् ।

म्याराथनको विजेताले गत वर्षको तुलनामा २० हजार रुपैयाा पुरस्कार बढी पाउनेछन् । महिला हाफ म्याराथनको विजेताले ३०, दोस्राले १५, तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोलाई ७, पाँचौंलाई ६ र छैटौं हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

Tags

छुटाउनु भयो कि ?