Madhyabindu News App
अन्तर्राष्ट्रिय

अमेरिकी चुनाव : ट्रम्पलाई नयाँ झटका, जर्जियामा बाइडेनको जित

Madhyabindu Online

काठमाडौं – अमेरिकी राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को झटका लागेको छ । जर्जियामा जो बिडेनले डोनाल्ड ट्रम्पलाई पराजित गरेको त्यहाँका जर्जियाका निर्वाचन अधिकारीहरूले पुष्टि गरेका छन् ।

त्यहाँको प्रारम्भिक नतिजामा, बिडेन नेतृत्व गरिरहेका थिए तर ट्रम्प शिविरको आपत्ति पछि, मतहरू हातले पुनः गणना गरिएको थियो । कुल मतका अनुसार अहिले पनि बाइडेनको जित ५९ लाख मतले बढी छ । जोर्जिआमा बाइडनले ट्रम्पलाई १२,२८४ मतले हराएका हुन् ।

बाइडनले ट्रम्पको भन्दा बढी लोकप्रिय मत पाएका छन् भने अमेरिकी इलेक्टरल कलेज प्रणालीमा उनले ३०६ देखि २३२ इलेक्टरल कलेजमा जित्ने सङ्केत देखिएको छ । राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक छ ।

अमेरिकी राष्ट्रपति निर्वाचित बाइडनले डोनल्ड ट्रम्पद्वारा चुनाव हारेको स्वीकार नगर्नुलाई निन्दा गर्दै यसले एउटा देशका रूपमा एकदमै भयानक सन्देश प्रवाह गरेको बताएका छन् ।

उनले ट्रम्पलाई अमेरिकी इतिहासकै सबैभन्दा गैरजिम्मेवार राष्ट्रपति भएको आरोप लगाए । बाइडनले महामारीका बेला एकजुट हुन अमेरिकीहरूलाई आह्वान पनि गरेका छन् । बाइडनले ट्रम्पलाई आफू चुनाव जित्दिन भन्ने थाहा भएको र उनले आश्चर्यजनक रुपमा गैरजिम्मेवारी देखाएको बताएका छन् ।

Tags

छुटाउनु भयो कि ?