Madhyabindu News App
समाज

सालकको खपेटा सहित उदयपुरबाट एक पक्राउ

Madhyabindu Online फाइल फोटो

उदयपुर – सालकको खपेटा सहित प्रहरीले उदयपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-१४ टोड्के बस्ने ४१ वर्षीय पहलमान कटुवाल रहेका छन् ।

त्रियुगा नगरपालिका-११ पिपल चोकबाट ३ सय ८० ग्राम तौल भएको सालकको खपेटा ९आखेटो पहार० सहित कटुवाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

साउनेबाट गाईघाटतर्फ जाँदै गरेको स १ ह २६९० नम्बरको अटोलाई नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त अटोको सिटमुनि लुकाई राखेको उक्त खपेटा फेला पारी अटोका चालक कटुवाललाई पक्राउ गरेको हो ।

Tags

छुटाउनु भयो कि ?