Madhyabindu News App
मनोरञ्जन

युट्युबमा हेर्नुस् नम्रता र विपीनको ‘प्रसाद’

Madhyabindu Online

काठमाडौं – चलचित्र ‘प्रसाद’ युटुबमा रिलिज गरिएको छ । फिल्ममा अभिनेता विपीन कार्की र नायिका नम्रता श्रेष्ठको भूमिका रहेको छ ।

दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्रलाई सुशिल पौडेलले लेखेका हुन् । चलचित्रमा सुभाष थापाको लगानी छ ।

तीन पात्रको वरिपरि घुम्ने फिल्मको केन्द्रमा भने सन्तान सुखको विषय छ । धेरै समीक्षकले प्रसाद फिल्मको अन्त र फिल्मले दर्शकमा छाड्ने प्रभाव वा सन्देशबारे आलोचना गरिसकेका छन् ।

वैचारिक र आधारभूत केही कुरामा चुकेको भए पनि दलित मुख्य पात्रको कथा भन्ने ‘प्रसाद’मा राम्रो सिनेमामा हुने धेरै राम्रा पक्ष छन् ।

‘प्रसाद’को पटकथा फिल्म समीक्षा र फिल्म सम्बन्धी रिपोर्टिङ पृष्ठभूमिबाट आएका सुशील पौडेलले लेखेका हुन् । निर्देशक दिनेश राउतको यो फिल्मको सिक्वल समेत बन्ने तयारी भइरहेको छ ।

युटुबमा रिलिज भएपछि ७ लाख ४४ हजार ४३१ भन्दा बढी पटक हेरिएको यो चलचित्र नेपालको युटुब ट्रेन्डिङको ५ नम्बरमा छ । एक साता अगाडि मात्र युटुबमा चलचित्र ‘ए मेरो हजुर ३’ हेरेका दर्शकले अर्को एक सफल चलचित्र हेर्न पाएका छन् ।

Tags

छुटाउनु भयो कि ?