Madhyabindu News App
राजनीति

नेपाली काँग्रेस ईन्द्रावती – २ को वडा भेला सम्पन्न

Madhyabindu Online

सिन्धुपाल्चोक – नेपाली काँग्रेस ईन्द्रावती गा पा वडा नं २ को वडा भेला इन्द्रावती-२ कुञ्चोकमा सम्पन्न भएको छ । नेपाली काँग्रेस ईन्द्रावती गा पा वडा नं २ का वडा सभापती मान बहादुर गिरीको सभापतित्व तथा नेपाली कांग्रेस सिन्धुपाल्चोकका उप सभापती शिव सुनारको प्रमुख आतिथ्यतामा साे कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल बिद्यार्थी संघका जिल्ला सदस्य मदन गिरीका अनुसार शुक्रबारको उक्त भेलालाई सम्बोधन गर्दै कांग्रेस उप सभापती शिव सुनारले बिकास निर्माण, पार्टीको संगठन सुदृढिकरण, भावी रणनैतिक योजनाका बारेमा चर्चा गरेका थिए ।साथै उक्त भेलामा समसामयिक राजनितिक बिषयका अलावा कांग्रेसको भावी योजनाका बिषयमा छलफल भएकाे उनले बताए ।

नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधी गोपीनी गिरी, सिन्धु काठमाण्डौं सम्पर्क समितिका सदस्य बिष्णु भारती लगायत एक सय भन्दा बढि कांग्रेसका स्थानिय नेता कार्यकर्ताको उपस्थिती रहेको उक्त भेलाले अबको १ महिना भित्र जग्गाको व्यबस्थापनगरी ६ महिना भित्रमा पार्टीको आफ्नै कार्यालय भवन निर्माण गर्ने बिषयमा समेत गम्भिर छलफल भएको गिरीले जानकारी दिए ।

Tags

छुटाउनु भयो कि ?