Madhyabindu News App
मुख्य खबर​

मेलम्ची नगरपालिकाको आफ्नै भवनबाट सेवा सञ्चालन

Madhyabindu Online

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाले आफ्नै भबन बाट आफ्नो सेवा सुरु गरेको छ ।शुक्रबार पुर्ब कानुन मन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद शेर बहादुर तामाङले उद्घाटन गरेसँगै नगरपालिकाको मुख्य प्रसासनिक भबन बाट नगरपालिकाको काम सुरु भएको हो । कुल ६ करोड ६लाख ३९ हजार ३ सय ६४ रुपियाँमा निर्माण सम्पन्न भएको ४ तल्ले भबनमा २५ वटा कोठा रहेको अपांगमैत्री ,सुबिधा सम्पन्न सभाहल ,बैठकहल लगायतका संरचना रहेका छन् ।

यसअघि भाडामा बस्दै आएको नगरपालिकाले अबदेखी आफ्नै भबन बाट सेवा सुरु गरेको हो । अब नगरपालिकाले एउटै भबन बाट नगरपालिकाले दिने सेवासुबिधा प्रदान गर्ने नगरपालिकाले जनाएको छ । कृषि ,पशु र आयुर्वेदिक अस्पतालको सेवा बाहेक सम्पुर्ण सेवा अब आफ्नै भबन बाट सन्चालन हुने नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत कुमार प्रसाद कोइरालाले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न बिधामा रहेर उत्कृष्ट काम गर्ने कर्मचारी ,शिक्षक,खेलाडी ,जग्गादाता हरुलाइ सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी तामाङ्ले सबै पालिकाहरुले तिब्रगतिमा काम गरिरहेको भन्दै अब त्यसको नतिजा आउने बेला भएको बताए । उहाले अब समृद्ध नगरपालिका छिट्टै हुनेमा ढुक्क हुन नगरबासिलाइ आग्रह गर्नुभयो । मेलम्ची अन्नको भण्डार भएकाले नगरलाइ चाहिने तरकारी तथा कृषि बालिहरु आफ्नै ठाउमा उब्जनि गर्नसक्नु पर्न बताए । भवन संगै सेवा सुबिधा पनि सन्तोष जनक बनाउन पर्ने भन्दै कर्मचारी हरुले आफ्नो कामको रफ्तार लाई बढाउनपर्ने बताए ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले नगरपालिकाको भबन मात्र हैन अब सबै वडाकार्यलयको भबन पनि क्रमश उद्घाटन गर्दै जाने बताए ।नगरपालिकाको राम्रो कामको प्रचार नभएको तर तथ्य हिनकाममको कुप्रचार गरेको भन्दै पत्रकार हरुमा सत्य तत्थ्य बुझेरमात्र समाचार लेख्न पनि उनले आग्रह गरे ।

२०७७ साल बैशाख बाटै नगरपालिकाको आफ्नै भबन बाट सेवा सुरुगर्ने लक्ष्य भएपनी भबन कोरोना भाइरस कोभिड १९को कारणले गर्दा केही ढिला भएको उपप्रमुख भगवती नेपालले बताइन । यस भबन लाई आइसोलेसन बनाइएको कारणले गर्दा केही ढिला भएको भन्दै उपप्रमुख नेपालले ढिलै भएपनी अब आफ्नै भबनबाट सेवा दिन पाउने भएकोमा खुशी व्यक्त गरिन ।

कार्यक्रममा नेपाली कांग्रेस मेलम्ची नगरपालिकाका सभापति  मधुसूदन सिग्देलले नगरपालिकाले आफ्नै भबनबाट सेवा सुरुगर्न लागेकोमा खुशी व्यक्त गर्दै नगरपालिकामा भएका बेथितिहरु अन्त्य हुन जरुरी रहेको बताए । बहुमतको आडमा प्रतिपक्षको बेवास्ता गर्दै अघिबढे त्यसको परिणाम गम्भिर आउने भन्दै सिग्देलले नगरपालिकाले गर्ने कामको गुण र दोषका आधारमा समर्थन वा बिरोध हुने बताए ।

कार्यक्रममा रास्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रिय अध्यक्ष फणीन्द्र दाहालले बजेट बिनियोजनमा मनोमानी भएको आरोप लागाउँदै सबै वडाहरुमा समान बजेट बिनियोजन गरे मात्र नगरपालिका समृद्ध हुने भन्दै सबैलाइ समान व्यवहार गर्न नगरपालिकाको ध्यानाकर्षण गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?